‘काबिल’ सचिवको खोजी, टिम फेर्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सचिवसहित मन्त्रालयको कोर टिम फेर्ने तयारी थालेका छन् । अर्थ सचिव अर्जुन पोखरेल र राजश्व सचिव डा.रामप्रसाद घिमिरेको टोलीले गतिलो काम नगरेको भन्दै अर्थमन्त्रीले टिम फेर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पनि नयाँ सचिव ल्याउनुपर्ने विषयमा सहमत भइसकेका छन् । देउवाले सचिव मात्रै नभएर महत्वपूर्ण महाशाखा र विभागका केही प्रमुखहरुको समेत सरुवा गर्ने संकेत गरेको स्रोत बताउँछ । ‘देखिने, सुनिने, बुझिने र पत्याइने काबिल पात्रको खोजी भइरहेको छ’, स्रोतले भन्यो । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिएर सीआईबीले सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएपछि अर्थ मन्त्रालयमा नयाँ सचिव भित्र्याउने तयारी रहेको स्रोत बताउँछ ।  ‘सुन काण्डको छानबिनले एउटा निचोड निकालेपछि सचिव, केही महाशाखा र विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने परिस्थिति निर्माण भइरहेको छ’, उच्च स्रोतले भन्यो । अर्थ सचिव पोखरेल नेतृत्वको अर्थ प्रशासनले बजेटको प्रतिरक्षामा प्रभावकारी भूमिका खेल्न नसकेको, निजी क्षेत्रसँगको दुरी घटाउन कुनै भूमिका नखेलेको, अर्थ मन्त्रालयको आन्तरिक प्रशासनिक सुधारमा पनि खासै सकारात्मक प्रभाव देखाउन नसकेको, अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको लबिङ पनि राम्रो बनाउन नसकेको निष्कर्षमा अर्थमन्त्री र कांग्रेस नेतृत्व पुगेको बताइन्छ । ‘कांग्रेस नेतृत्वमा अर्थ मन्त्रालय छ, तर निजी क्षेत्रको मनोबल इतिहासमै कमजोर बनेको छ, बजेटको प्रतिरक्षामा अर्थमन्त्री मात्रै उभिएको जस्तो देखिन्छ, अर्थ प्रशासनले बजेटमाथिका भ्रम चिर्न … Continue reading ‘काबिल’ सचिवको खोजी, टिम फेर्दै अर्थमन्त्री