अजोडलाई त्यत्तिकै छाड्दैनौं, गडबड देखिए कारवाहीः अध्यक्ष ढुंगाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अजोड इन्स्योरेन्सलाई त्यतिकै नछाड्ने बताएका छन् । अजोड इन्स्योरेन्सको सेयर इन्साइडर ट्रेडिङ भएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउँदै उनले भने–‘अजोडलाई हामी त्यत्तिकै छाड्दैनौं, पुरै तथ्यांक मगाएर अध्ययन गरिरहेका छौं ।’ अजोडको सेयर मूल्य एक हप्तादेखि बढेको देखिएको र सञ्चालक समितिको बैठक राखिएको दिन सकारात्मक सर्किट नै लागेकाले हप्ता दिनकै तथ्यांक मागेर हेरिरहेको उनले जानकारी दिए । ‘एक हप्ता अघिदेखि नै मूल्य बढिरहेको रहेछ, बैठक बसेको दिन सर्किट नै लाग्यो, एउटा कम्पनीको सेयर मूल्य विनाकारण किन बढ्यो ? कारण खोजिरहेका छौं ।’,, ढुंगानाले भने । उनले इन्साइडर ट्रेडिङ भएको देखिए कारवाही गरिछाड्ने स्पष्ट पारे । अजोडले चैत १६ गते सञ्चालक समिति बैठक राखेर २ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कारोबार समय २ः३० बजे बैठक राखेर हकप्रकद निर्णय गर्नु नै गल्ति भएको पनि ढुंगानाले बताए । सोही अवधीमा अजोडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको थियो । हकप्रद सेयर निष्काशन सम्बन्धी सूचना चुहायर सेयर कारोबार गराएको आरोप अजोडमाथि लागिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भने इन्साइडर ट्रेडिङबारे आफु जानकार नभएको बताए । ‘त्यसरी सूचना चुहिएको भन्ने कुरा सहि होइन, कम्पनीको सेयर मूल्य पहिले पनि बढेकै थियो, अहिले बढ्नु पनि स्वभाविक नै हो’, सिइओ खत्रीले … Continue reading अजोडलाई त्यत्तिकै छाड्दैनौं, गडबड देखिए कारवाहीः अध्यक्ष ढुंगाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed