डिजिटल बैंकलाई लाइसेन्स दिने तयारी, भिड्दै ठूला घराना

काठमाडौं । सरकारले डिजिटल बैंकलाई छुट्टै लाइसेन्स दिने तयारी गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेका थिए । अहिले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघु वित्त कम्पनीहरुलाई लाइसेन्स दिएको छ । त्यसबाहेक पूर्वाधारमा लगानी गर्ने सर्तसहित स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) सञ्चालनमा छन् । सरकारले अब भने डिजिटल कारोबार मात्रै गर्ने गरि डिजिटल बैंकलाई लाइसेन्स दिने तयारी गरेको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा लेखिएको छ–‘मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिनेछ । यसका लागि पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन र आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिइनेछ । यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने तथा पारदर्शीता र सुशासन प्रवर्द्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा गरेको छु ।’ डिजिटल बैंकलाई लाइसेन्स दिने झट्ट हेर्दा फेला पार्न र बुझ्न समेत मुस्किल हुने गरि बजेट वक्तव्यको ५५ नम्बर बुँदामा समेटिएको यहि व्यवस्थालाई टेकेर सरकारले डिजिटल बैंकको लाइसेन्स दिने योजना बनाएको हो । स्रोतका अनुसार डिजिटल बैंकको लाइसेन्सका लागि व्यवसायीक घरानाहरुबीच प्रतिस्पर्धा सुरु भैसकेको छ । इसेवाका विश्वास ढकालको नेतृत्वमा एउटा समूहले डिजिटल बैंकको लाइसेन्सका लागि बजेटमै यो व्यवस्था समावेश गराएको … Continue reading डिजिटल बैंकलाई लाइसेन्स दिने तयारी, भिड्दै ठूला घराना