माछापुच्छ्रे बैंकको नाफा १८५ करोड, लगानीकर्तालाई १५ प्रतिशत बढी लाभांश
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा १०.११ प्रतिशतले वृद्धि गरेर एक अर्ब ८५ करोड पुर्याएको हो । बैंकले आव २०७८।७९ मा एक अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवमा भने त्यस्तो नाफा १७ करोडले वृद्धि भएको देखिन्छ । बैंकले गत आवमा एक अर्ब ५६ करोड वितरण योग्य नाफा आर्जन गरेको छ । १० अर्ब २५ करोड चुक्ता पुँजी रहेका बैंकले आफ्ना लगानीकर्तालाई गत आवको वितरण योग्य नाफाबाट १५.२१ प्रतिशत भन्दा बढी लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो कोषमा अघिल्लो असार मसान्तमा ३ अर्ब ६० करोड रुपैयाँ थियो । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा १५४ अर्ब निक्षेप संकलन गरेर १२६ करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिन्छ । त्यस्तो निक्षेपबाट बैंकले ५ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी पनि बढेर १८.०५ रुपैयाँ पुगेको छ जुन अघिल्लो असार मसान्तमा जम्मा १६.४४ रुपैयाँ मात्रै थियो । बैंकको सीडी रेसियो ८०.६४ प्रतिशत छ भने आधार ब्याजदर १०.७४ प्रतिशत छ । स्प्रेड दर ३.९५ प्रतिशतमा सिमित गरेको … Continue reading माछापुच्छ्रे बैंकको नाफा १८५ करोड, लगानीकर्तालाई १५ प्रतिशत बढी लाभांश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed