प्रभु इन्स्योरेन्समाथि छानबिन हुन्छः नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रभु इन्स्योरेन्स माथि छानबिन गर्ने भएको छ । बजार मूल्य प्रभावित पार्ने सूचना लुकाएको प्रमाण सार्वजनिक भएपछि नेप्सेले छानबिन गर्ने भएको हो । ‘बजार मूल्य शृंखलालाई प्रभावित पार्ने निर्णयहरु तुरुन्तै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ, एक हप्तासम्म त्यस्तो सूचना लुकाइनु गम्भीर कुरा हो । हामी छानबिन गर्छाैं’, नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले सिंहदरबारसँग भने । उनले बिहीबार नै कम्पनीको निर्णय र आवश्यक कागजात मगाएर छानबिन प्रक्रिया थाल्ने जानकारी पनि दिए । ‘के भयो हो ? किन निर्णय गरेर पनि सूचना लुकाइएको हो ? हामी छानबिन गर्छाैं’, नेप्सेका सीईओ कार्कीले सिंहदरबारसँग भने ।https://singhadarbar.com/post/83622/