६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रभु इन्स्योरेन्सको निर्णय
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । प्रभु इन्स्योरेन्सको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सञ्चालक समितिको निर्णयलाई स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ । २०८० असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन अनेक प्रयास गरिएको तर सम्भव नभएपछि हकप्रद सेयर गर्ने निर्णय गरिएको कम्पनीले दावी गरेको छ । अजोड इन्स्योरेन्ससँग मर्जरका लागि एमओयु गरिएको तर अजोडले एकतर्फी रुपले सम्झौता तोडेको आरोप प्रभुले लगाएको छ । प्रभुले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जरका लागि प्रयास गरेको तर हालसम्म उपयुक्त कम्पनी फेला नपरेको दावी गरेको छ । विदेशी साँझेदार भित्र्याउन गरिएको प्रयास पनि असफल भएको प्रभुको दावी छ । कम्पनीले ९९ करोड २८ लाख ७२ हजार २ सय १० रुपैयाँ बराबरले हुने ६५ प्रसितशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै अनुमति मागेको हो । प्रभुको हाल चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ रहेको छ । कम्पनीलाई अझै एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ पुँजी अपुग छ । ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि अपुग हुने १३ करोड ९ लाख ९५ हजार ५ सय ९० … Continue reading ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रभु इन्स्योरेन्सको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed