राष्ट्र बैंक र बैंकरविरुद्ध खनिए अर्थमन्त्री, ऋणिलाई दु:ख र ब्याजदरमा मिलेमतो किन ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीति ल्याउने वातावरण बनेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक सम्वाद कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने तथ्यहरुले नै देखाएका छन् । तथ्यांकले सजिलो अवस्था देखाएकाले मौद्रिक नीति पनि सोहीअनुसार आउला।’ उनले अर्थतन्त्र सुधारको बाटोमा रहेको र मूल्यवृद्धि पनि नियन्त्रणकै नजिक रहेको पनि बताए । मन्त्री महतले राष्ट्र बैंकको काम मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र आर्थिक स्थायित्व पनि भएको बताए । उनले बैंकरले ठूलो व्यापारीलाई मात्रै ऋण दिएकोमा आपत्ति पनि जनाए । ‘बैंकहरुले ठूला व्यापारीलाई मात्रै ऋण दिने गरेका छन्, साना र मध्यम तहका उद्यमीलाई उत्पादनका क्षेत्रमा लगानी वृद्धि गर्नु पर्छ,’ डा. महतले भने । बैंकर र व्यवसायी एकै व्यक्ति भइदिँदा समस्या आएको गुनासो पनि उनको थियो । ‘अब बैंकर र व्यवसायी छुट्टाउनुपर्छ,’ मन्त्री महतले भने । केही बैंकहरुले धितोमा ऋणिलाई दु:ख दिएको आरोप पनि बताए । ‘केही बैंकले धेरै धितो राखेर थोरै ऋण दिने र पछि सबै धितो सस्तो मूल्यमा लिलामी गरेर कब्जा गर्न थालेको सूचना पाएको छु, सचेत हुनुहोला ।’ उनले मिलेमतोमा ब्याजदर तोक्ने परिपाटी गलत भएको पनि बताए । बैंकहरुले मिलेर ब्याजदर तोक्दा नागरिकले छनोटको सुबिधा नपाएको गुनासो पनि … Continue reading राष्ट्र बैंक र बैंकरविरुद्ध खनिए अर्थमन्त्री, ऋणिलाई दु:ख र ब्याजदरमा मिलेमतो किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed