ब्याजदर घटाउन मौद्रिक नीतिमा हस्तक्षेप गर्दै अर्थमन्त्री, गभर्नरसँगको सम्बन्ध चिसियो
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री डा. महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने बताएका हुन् । उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए । अर्थमन्त्री डा. महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गरे । अर्थमन्त्री डा. महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताए । उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताए । उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । अर्थमन्त्रीले ब्याजदर घटाउन निरन्तर दबाव दिन थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नरसँग भने सम्बन्ध चिसिएको छ । गभर्नर अधिकारीले विश्व बैंक र आइएमएफको हवाला दिँदै … Continue reading ब्याजदर घटाउन मौद्रिक नीतिमा हस्तक्षेप गर्दै अर्थमन्त्री, गभर्नरसँगको सम्बन्ध चिसियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed