एकातिर टाल्दा चारैतिर भ्वाङ, अर्थतन्त्रकै मेरुदण्डमा ‘सर्जिकल स्ट्राइक’
काठमाडौं । चालु आर्थिक बर्षको बजेटमा करका दरहरु निर्धारण गर्न अनधिकृत व्यक्ति प्रवेश गरेको, करका दरहरुबाट निश्चित घरानाहरुले लाभ उठाएको आरोप लाग्यो । यो बजेट बनाएका थिए माओवादी नेता तथा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले र प्रधानमन्त्री थिए काँग्रेस सभापति शेर बहादुर देउवा । आगामी आर्थिक बर्षको बजेट काँग्रेस नेता तथा अर्थमन्त्री डा. प्रकाश शरण महतको नेतृत्वमा बन्यो र प्रधानमन्त्री छन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । अघिल्लो पटक काँग्रेस सभापति प्रधानमन्त्री थिए भने प्रचण्डका विश्वास पात्र जनार्दन शर्मा अर्थमन्त्री । यसपाली प्रचण्ड प्रधानमन्त्री छन् भने देउवाका विश्वास पात्र डा. प्रकाश शरण महत अर्थमन्त्री । अघिल्लो बजेटबाट ‘पाठ सिकेका’ डा. महतले करका दरहरु निर्धारणमा स्वार्थ समुह हावी हुन नदिने जुक्ति निकाले र सबै बिषय गोप्य राख्ने निधो गरे । सूचना गोप्य राख्ने भन्दा भन्दै उनले बजेट र करका दरहरुबारे वृहद छलफल नै गरेनन् । बजेट लेखन मस्यौदा समितिले अत्यन्तै गोप्य रुपले बजेट वक्तव्य लेख्यो । उता, करका दरहरु निर्धारणका लागि पनि ‘कोर टिम’ले मात्रै काम गर्यो । जसमा अर्थमन्त्री डा.प्रकाश शरण महत, अर्थसचिव अर्जुन पोखरेल, राजश्व सचिव डा. राम प्रसाद घिमिरे, राजश्व महाशाख प्रमुख रितेश शाक्य, आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनाली र भन्सार विभागका निमित्त महानिर्देशक सेवन्तक पोखरेल मात्रै सहभागी भए । अर्थमन्त्री डा. महतले बजेटमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न … Continue reading एकातिर टाल्दा चारैतिर भ्वाङ, अर्थतन्त्रकै मेरुदण्डमा ‘सर्जिकल स्ट्राइक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed