बैंकर र बिमकको एउटै स्वरः २६, २७ र २९ नम्बरले अर्थतन्त्र गम्भीर संकटमा जाने भयो

काठमाडौं । बैंकर र बिमकहरुले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदा मान्य नहुने बताएका छन् । नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्त कम्पनी, नेपाल बिमक संघ र जीवन बिमक संघले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदा आफूहरूलाई मान्य नहुने बताएका हुन् । विधेयकका यी बुँदाहरु जबरजस्ती कार्यान्वयन गरिए मुलुकको अर्थतन्त्रमा गम्भीर र अपुरणीय क्षति पुग्ने पनि उनीहरुले स्पष्ट पारेका छन् ।  यस अघि बैंक तथा वित्तिय संस्था परिसंघको नेतृत्वमा नेपाल बैंकर्स संघ र बीमा कम्पनीका सीईओहरुले आर्थिक बिधेयकमा प्रस्तावित कर सम्बन्धी व्यवस्थाको सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैंकर बीमकका यी संघ संस्थाहरुले आर्थिक बिधेयकको २६, २७ र २९ नम्बर बुँदाले नेपालमा लगानीको वातावरण बिगार्ने, पुँजी पलायन हुने, विदेशी लगानी निरुत्साहित हुने, सेयर बजार धरासायी हुने पनि बताएका छन् । सरकारले कानुनको अपव्याख्या गरेर पुराना बिषयहरु उठाउँदै अर्थतन्त्रलाई थप धरासायी बनाउन चाहेको आरोप पनि उनीहरुले लगाएका छन् । करका यी प्रस्तावहरु तत्काल खारेज नगरेर आफुहरु चरणवद्ध आन्दोलनमा जाने निर्णय पनि उनीहरुले गरेका छन् । बैंकर र बीमकहरुले आर्थिक बिधेयक विरुद्ध अदालत जान पनि आफुहरु तयार रहेको र त्यसले उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार हुनुपर्ने पनि बताएका छन् । उनीहरुले २६, २७ र २९ नम्बर बुँदाका प्रस्ताव अनुसार कर असुली … Continue reading बैंकर र बिमकको एउटै स्वरः २६, २७ र २९ नम्बरले अर्थतन्त्र गम्भीर संकटमा जाने भयो