‘न्यायका लागि’ सरकारविरुद्ध अदालत जाँदै बैंकर, बिमक र पुँजी बजारका लगानीकर्ता

काठमाडौं । बैंकर, बिमक र पुँजी बजारका लगानीकर्ताहरु न्यायका लागि सरकारविरुद्ध अदालत जाने भएका छन् । आर्थिक विधेयकको २६, २७ र २९ नम्बरविरुद्ध बैंकर, बैंकका लगानीकर्ता, बिमा कम्पनीका सीईओ र लगानीकर्ता तथा पुँजी बजारका लगानीकर्ताहरु सामूहिक रूपमा अदालत जान लागेका हुन् । सरकारले बैंकिङ, इन्स्योरेन्स र पुँजी बजारलाई एकैपटक मास्न खोजेको आरोपसहित उनीहरु सामूहिक प्रतिवादनमा उत्रिएका हुन् । बैंकका लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन), बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघ र बिमा कम्पनीका लगानीकर्ता तथा सीईओहरुले सामूहिक प्रतिवाद गर्ने निष्कर्ष निकाल्दै न्यायका लागि अदालत जाने तयारी गरेका हुन् । ‘आर्थिक विधेयकको प्रस्तावित व्यवस्था कार्यान्वयन गर्ने हो भने बैंक, बिमा र पुँजी बजार एकैपटक धराशायी हुन्छन्, विधेयकका ती प्रस्तावहरु मौजुदा कानुनविरुद्ध पनि छन्, हामी न्यायका लागि अदालत जाँदैछौं’, एक बैंकरले सिंहदरबारसँग भने । जेठ २८ गते आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को नेतृत्वमा बैंकका लगानीकर्ता, सीईओहरु, बिमा कम्पनीका लगानीकर्ता र सीईओहरूले होटल अलफ्टमा छलफल गरेका थिए । सो छलफलले अब ‘न्यायका लागि अदालत’ जानुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर एक्विजिसनको ‘बार्गेन पर्चेज गेन’ र एफपिओको बोनस सेयरमा कर लगाउने व्यवस्था विधेयकमा अघि सारेको छ । त्यस्तै, पुँजी बजारका लगानीकर्ताहरुले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकरपछि पुनः कर लगाउने व्यवस्था … Continue reading ‘न्यायका लागि’ सरकारविरुद्ध अदालत जाँदै बैंकर, बिमक र पुँजी बजारका लगानीकर्ता