करका दरमा बदनियत देखिएपछि राजश्वका हाकिम फेर्दै अर्थमन्त्री

काठमाडौं । अनेक प्रयत्नहरुका वावजुद पनि करका दरहरुमा स्वार्थ बाझिएका प्रमाणहरु फेला परेपछि सरकारले राजश्व सचिव र आन्तरिक राजश्व विभागका महानिर्देशक फेर्ने तयारी गरेको छ । अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट बनाउँदा करका दरहरु चलाउने मोटामोटी जिम्मा राजश्व सचिव डा. रामप्रसाद घिमिरे र आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले बदनियत करका दरहरु हेरफेरमा भूमिका खेलेको र अर्थमन्त्रीलाई गुमराहमा राखेर बजेटको व्यापक बिरोध गर्ने परिस्थिति निर्माण गरेको भन्दै सरकारले यी दुबै जनाको विकल्प खोज्न थालेको हो । बिशेष गरि आर्थिक बिधेयकको २६, २७ र २९ नम्बर बुँदाँको व्यापक आलोचना भैरहेको छ । सेयर बजारका लगानीकर्ताहरुको पुँजीगत लाभकरबारे नयाँ व्यवस्था समेटिएको २९ नम्बर बुँदाबारे स्वयं आन्तरिक राजश्व विभागले दुई पटक स्पष्ट पार्दै प्रेस विज्ञप्ति नै निकाल्नु परेको थियो । त्यतिले नपुगेर लगानीकर्ताले ब्रोकर कार्यालयमा ताला लगाउँदै सेयर कारोबार नै रोक्न थालेपछि अर्थमन्त्रालयमै अर्थमन्त्रीकै अगुवाईमा वार्ता गरि पुनः अर्काे स्टेटमेन्ट जारी गर्नुपरेको थियो । यसरी आर्थिक विधेयकमा प्रस्ताव गरिएको व्यवस्था फिर्ता लिन गरि मन्त्री नै झुक्नुपर्ने अवस्था सृजना भएपछि राजश्व सचिव र विभागका महानिर्देशक मैनाली प्रतिको दृष्टिकोण झनै नकारात्मक बनेको स्रोत बताउँछ । ‘संसदमा बजेटबारे छलफल नै सुरु भएको छैन्, लगानीकर्तासँग मन्त्रालयमै बसेर विधेयकको व्यवस्था फिर्ता गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुपरेपछि मन्त्रीज्यूले निकै तनाब महशुस गर्नु भएको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो । कसरी … Continue reading करका दरमा बदनियत देखिएपछि राजश्वका हाकिम फेर्दै अर्थमन्त्री