लघु बीमा कम्पनीहरुका सिईओको तलब ४८ लाखसम्म, यी हुन जागिर सुरु गरेका चार भाई
काठमाडौं । लाइसेन्स लगिसकेका चार वटा लघु बीमा कम्पनीहरुले सिईओ नियुक्त गरेका छन् । व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरि बीमा प्राधिकरणबाट स्थलगत अनुगमन गराउने तयारीमा रहेका चार वटा कम्पनीहरुले सिईओ नियुक्त गरेका हुन् । नव नियुक्त सिईओहरुको नियुक्ती, तलब भत्ता सम्बन्धी निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरण पुगेको छ । सुर्खेतको बिरेन्द्रनगर केन्द्रिय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफले प्रतापलाल श्रेष्ठलाई सिईओ नियुक्त गरेको छ । उनको तलब मासिक चार लाखका दरले बार्षिक ४८ लाख रुपैयाँ तोकिएको छ । श्रेष्ठले गाडी र आवास सुबिधा पाउनेछन् । त्यस बाहेक काठमाडौं आउने जाने जहाज टिकट समेत थप हुनेछ । गार्डियन माइक्रो लाइफका सिईओ चिरायु भण्डारीले भने प्राधिकरणबाट स्वीकृति समेत पाईसकेका छन् । बिराटनगर केन्द्रिय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले भण्डारीलाई बार्षिक ४४ लाख तलब, आवास र गाडी सुबिधासहित सिईओ नियुक्त गरेको हो । उनले काठमाडौं वा आफ्नो घर आउन जानका लागि जहाजको टिकट समेत प्राप्त गर्नेछन् । कम्पनीले आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको छ । गार्डियन माइक्रोमा दिपक भट्ट, शंकर ग्रुप, शेखर कोइराला, पशुपति मुरारका लगायतको लगानी रहेको छ । भरतपुर कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले मृगेन्द्र रिमाललाई सिईओ नियुक्त गरेको छ । रिमालले बार्षिक ३३ लाख रुपैयाँ तलब पाउनेछन् । त्यस बाहेक आवास, गाडी र काठमाडौं आउँदा जाँदाका लागि हवाई टिकटको … Continue reading लघु बीमा कम्पनीहरुका सिईओको तलब ४८ लाखसम्म, यी हुन जागिर सुरु गरेका चार भाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed