नयाँ स्टकमा भाले भिडन्तः कसले गर्यो ‘लाइसेन्स कन्फर्म’

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया गिजोलिँदै गएको छ । ठूला व्यवसायीक घरानाहरुको कर्पाेरेट वारमा राजनीतिक रंग समेत मिसिँदै गएपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया गिजोलिँदै गएको हो । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि असोज २ गते आवेदन मागेको थियो । तर सर्वाेच्च अदालतमा मुद्धा परेपछि बिचमै प्रक्रिया रोकिन पुगेको थियो । सर्वाेच्च अदालतले लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउन बाटो खोलिदिएपछि बोर्डले पुनः १० दिनको पुरक सूचना प्रकाशित गरेको थियो । बोर्डमा नयाँ स्टकको लाइसेन्स माग्दै ३ वटा समुहले आवेदन दिएको छ । उदियमान व्यवसायी दिपक भट्टको नेतृत्वमा हिमालयन स्टक एक्सचेञ्ज, अर्का दिपक तिमिल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण दैनिकका मालिक रामेश्वर थापाको अगुवाईमा अन्नपूर्ण स्टक एक्सचेञ्जले बोर्डमा आवेदन दिएका हुन् । यी आवेदकहरु आफुले लाइसेन्स नपाउने अवस्था सिर्जना भएमा प्रक्रिया नै भाड्ने योजनासहित लागिपरेका छन् । दिपक भट्ट नेतृत्वको हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुप, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्ट, विवेक दुगड, कुमुदकुमार दुगड, अमितकुमार मोर लगायतको लगानी छ । यहि समुहले हिमालयन रिको लाइसेन्स लिएको थियो । धितोपत्र बोर्डका पक्षमा उभिए लगानीकर्ता, ब्रोकर थप्ने निर्णय रोकिए आन्दोलन गर्ने त्यस्तै, बिशाल ग्रुप र आइएमई ग्रुपको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्जको फाइल दर्ता भएको छ । … Continue reading नयाँ स्टकमा भाले भिडन्तः कसले गर्यो ‘लाइसेन्स कन्फर्म’