ब्याजदर पनि घट्दै जान्छ, बैकिङ क्षेत्र सुदृढ छ- गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले नेपालका बैंक तथा बित्तिय सस्थाहरुको अवस्था सुदृढ रहेको बताएका छन् । राष्ट्र बैंकको ६८ औं बार्सिकोत्सब समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कर्जा असुलीमा दवाब परेको भए पनि बित्तिय क्षेत्र सुरक्षित रहेको र पुजिकाेष पर्याप्त रहेको बताएका हुन् । उनले खराब कर्जा, ऋण असुली अवस्था लगाएतका सूचकहरुले नेपालका बैंक तथा बित्तीय सस्थाहरु सुदृढ अवस्थामा रहेको बताए । उनले तरलताको अवस्थामा पनि क्रमिक सुधार हुँदै आएको पनि बताए । ब्याजदर माथिको दवाब पनि कम हुँदै गएको उनको भनाई थियो । ब्याजदर अब क्रमशः घट्दै जाने पनि बताए । आयात कम हुँदा सरकारी बित्तमा दवाब परेको उनले स्विकार गरे । पछिल्लो समय बित्तीय पहुच बिस्तारमा व्यापक सुधार आएको पनि उनको भनाई थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed