राजस्व चुहावट समितिको बैठक सुरु, सीमा क्षेत्रका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल

काठमाडौं । अर्थ मन्त्रलयमा उच्चस्तरिय राजस्व चुहावटको बैठक सुरु भएको छ । बैठक मन्त्रलयको सुवर्ण हलमा २ बजेदेखि सुरु भएको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका हुन् । बैंठकमा गृहमन्त्री नारायणकाजी क्षेष्ठ समेत उपस्थित भएका छन् । अर्थमन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बैठकमा बोलाएका हुन् । समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।