निजि क्षेत्रलाई अर्थमन्त्रीको प्रतिवद्धताः तपाईहरुको मनोबल घट्न दिन्न
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले आज विहान सिंहदरवारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने, यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव दिएका छन् । सहकारी र लघुवित्तमा तरलता बढाउने तर्फ जोड दिँदै अध्यक्ष गोल्छाले सरकारी खर्च निक्कै सुस्त रहेका, त्यसलाई बढाउन समेत सुझाव दिएका छन् । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनले अर्थमन्त्री समक्ष आग्रह गरेका थिए । अहिले सरकारसंग राजस्व कम उठेको तथा चालु खर्च धान्न मुस्किल परेको अवस्थामा बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो । यसरी लिएको ऋण, विकास योजनामा खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने गोल्छाको जोड थियो । अर्थमन्त्रीसंगको भेटमा अध्यक्ष गोल्छाको राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने सुझव थियो । अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न जोड दिँदै अध्यक्ष … Continue reading निजि क्षेत्रलाई अर्थमन्त्रीको प्रतिवद्धताः तपाईहरुको मनोबल घट्न दिन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed