सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आइएमएफले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार नेपालले सन २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । आइएमइफले सन २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने भनेको थियो । सन २०२४ मा भने नेपालले ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने आइएमइफले प्रक्षेपण गरेको छ । फेब्रअरी २० तारिखका दिन आइएमइफले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा श्रीलंकाको अर्थतन्त्र सन २०२३ मा ३ प्रतिशतले ऋणात्मक हुने उल्लेख छ । भारतीय अर्थतन्त्र भने ६.१ प्रतिशतले वृद्धि हुने आइएमइफको अनुमान छ । नेपाल सरकारले भने चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बजेटमा गरेको छ । सन २०२३ मा नेपालको मुद्रास्फिति भने ७.७ प्रतिशत रहने प्रक्षेपण पनि आइएमएफले गरेको छ ।