नेपाल राष्ट्र बैंकले भन्योः विदेशमा घर जग्गा र भिल्ला नकिन्नु, नत्र कारवाही हुन्छ

काठमाडां । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी नगर्न नेपाली नागरिकहरुलाई अनुरोध गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै नेपाली नागरिकहरुले विदेशमा लगानी गर्न नपाउने कानुनी व्यवस्था रहेकाले त्यसको पालना गर्न भनेको हो । राष्ट्र बैंकले विदेशमा घर जग्गा, धितोपत्र, सम्पति खरिद, बैंक तथा वित्तिय संस्थामा निक्षेप जम्मा नगर्न भनेको हो । नेपालका केहि प्रतिष्ठित व्यवसायीहरुले विदेशी बैंकमा अरबौं रकम राखेको चर्चा बेला बेलामा हुने गरेको छ । त्यस्तै, केहि व्यवसायीहरुले दुबईमा भिल्ला खरिद गरेको आरोप पनि लाग्दै आएको छ ।