४५ कम्पनी ब्रोकर लाइसेन्सको सिफारिस माग्दै नेप्सेमा, अन्तिम दिनसम्म कुन कुन कम्पनीले आए?

काठमाडौं । नयाँ ब्रोकर कम्पनी खोल्छु भन्दै १ दर्जन कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिफारिस माग्दै पुगेका छन् । सोमबार कार्यालय समयसम्म १ दर्जन बैंक सहित ४५ नयाँ ब्रोकर कम्पनी नेप्सेमा दर्ता भएका हुन् । जसमध्ये नेप्सेले ३८ वटा कम्पनीलाई अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नाम सिफारिस गरेको छ । नेप्सेमा आइतबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि आवेदन दिएको हो । बाकी कम्पनीहरुको आजै सिफारिस पठाउने तयारी गरिएको नेप्सेले जनाएको छ । नेप्सेमा १ अर्ब ५० करोड पुजी भएको १ वटा, ६० करोड रुपैया पुजि भएको ३ वटा ब्रोकर कम्पनी दर्ता भएका हुन । सेबोनले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो । जसको म्याज आज (असोज ३१ गते) समाप्त भएको छ । अन्तिम दिनसम्म नेप्सेमा १ दर्जन बैंकसहित ४५ वटा कम्पनी ब्रोकर कारोबार गर्नका लागि नेप्सेमा दर्ता भएका हुन् । नेप्से उचित लागेका कम्पनीहरुलाई सिफारिस गरी बोर्ड पठाएकै कम्पनीहरुमध्येलाई ब्रोकर लाइसेन्स वितरण हुनेछ । नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ । सोही व्यवस्थाको पालना गर्दै नयाँ ब्रोकर कम्पनी खोल्न चाहने लगानीकर्ताहरुले नेप्सेमा दर्ता हुँदै आवेदनको लागि सिफारिस माग गरेका हुन् … Continue reading ४५ कम्पनी ब्रोकर लाइसेन्सको सिफारिस माग्दै नेप्सेमा, अन्तिम दिनसम्म कुन कुन कम्पनीले आए?