७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय, चुक्ता पुँजी ७५ करोड

काठमाडौं  । बीमा समितिले ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको छ । सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जिवन लघु बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरि प्रस्ताव आव्हान गरेको हो । लघु बीमा कम्पनीको चुक्ता पुजी ७५ करोड रुपैयाँ हुनेछ । आगामी ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । समितिले तय गरेको मापदण्ड भित्र पर्ने उत्कृष्ट आवेदकले लाइसेन्स पाउनेछन् । लघु बीमामा यसअघि नै कुनै बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन । लघु बीमाको प्रस्ताव गर्दा आवेशकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ । समितिमा यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्ध गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्न भनिएको छ । प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिनेछ ।