नयाँ स्टक एक्सचेञ्जबारे नेप्से प्रबन्धकः ‘न्यु स्टक एक्सचेञ्ज डेफिनेट्ली चाहिन्छ,आई वेलकम इट’
काठमाडौं । ‘सरकारी स्तरमा एक्सचेञ्ज रहने, सरकारी संस्थानकै हिसाबमा सेबोन रहने । ब्युरोक्रेसी, गभर्नमेन्टले सेबोन नेप्सेलाई कसरी हेर्छ भने देअर इज नो डिफरेन्स बिटविन खाद्य संस्थान र नेप्से । दुबै एउटै हो ।’ यो निराशाले भरिएको धारणा हो नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक निरञ्जन फुयाँलको । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक कार्यक्रममा उनले निराशाले भरिएका यी अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक फुयाँलले आफु नेप्से भन्दा बाहिर बसेर बोल्ने भन्दै पुँजी बजारको विकास र विस्तारको लागि अर्को स्टक एक्सचेञ्ज आवश्यकता औंल्याएका हुन् । उनले नेपालको पुँजी बजारको विकासका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको र त्यसलाई स्वागत गर्नुपर्ने विचार अघि सारे । ‘न्यु स्टक एक्सचेञ्जको कुरा आईरहेको छ, म स्टक भन्दा बाहिरबाट बोलिरहेको छु, त्यो स्वागत योग्य नै छ । आई वेलकम इट । त्यो डेफिनेट्ली चाहिन्छ ।’, फुयाँलले भने । उनले नेप्सेमा एउटा सर्भर किन्नका लागि नौ महिना लाग्ने खरिद प्रक्रिया रहेको र त्यो नै नेप्सेको विकासका लागि दुर्भाग्य भएको बताए । गत वर्षसम्म सफ्टवेयरहरु लिजमा लिन पाइने सुविधा रहेको तर यसपाली त्यस्तो सुबिधा पनि खोसिएको उनले बताए । ‘गत वर्षसम्म लिजमा लिन पाइन्थ्यो, यसपाली सार्वजनिक खरिद नियमावलीले त्यो पनि खोसेछ’, फुयाँलले भने । … Continue reading नयाँ स्टक एक्सचेञ्जबारे नेप्से प्रबन्धकः ‘न्यु स्टक एक्सचेञ्ज डेफिनेट्ली चाहिन्छ,आई वेलकम इट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed