नेपाल बैंकको खाताबाट निक्षेपकर्ताको ६ लाख पैसा गायब, सिईओ भन्छन्ः थाहा छैन्

काठमाडौं । नेपाल बैंकको खाताबाट एक जना निक्षेपकर्ताको ६ लाख रुपैयाँ गायब भएको छ । ५१ प्रतिशत सरकारी स्वामित्व रहेका कारण आफुमाथि साना निक्षेपकर्ताहरुको विश्वास रहेको दावी गर्ने बैंकबाट तिनै साना निक्षेपकर्ताको लाखौं रकम गायब भएको छ र यतिबेला उनी न्यायको खोजीमा प्रहरीमा धाउन बाध्य छन् । दुःख गरेर बल्लतल्ल बैंकमा जम्मा गरेको रकम हराएपछि उनी आफ्नो नियमित काम धन्दा नै छाडेर आफ्नै पैसा फिर्ता पाऊँ भन्दै बैंकको गेटदेखि प्रहरीसम्म धाउन बाध्य भएका हुन् । यसरी दुःखको कमाई बैंकमा राखेर गुमाउन पुगेका र थप दुःख पाईरहेका पात्र हुन रोल्पा घर्तीगाउँको जनक कुमार वली। बैंकको मोबाइल बैंकिङ लगायतका कुनै पनि वालेट प्रयोग बारे जानकार नै नभएको दावी गर्ने वलीको खाताबाट उनको नामबाट ६ लाख १० हजार रुपैयाँ इसेवा र अन्य बैंक खातामा ट्रान्फर भएको हो । जसमा बैंकको समन्यवमा प्रहरी छानबिन गरी अनाधिकृत रुपमा वलीको पिनकोर्ड प्रयोग गरी उनको खाताबाट पैसा ट्रान्फर गर्ने व्यक्ति समेत पत्ता लगाइसकेको छ । वलीको मोबाइल बैंकिङको पिन कोर्ड प्रयोग गरी २ जनाको व्यक्तिको बैंक खाता र विभिन्न नम्बरका ईसेवामा पैसा ट्रान्फर भएको प्रहरीको अनुसन्धानले देखाएको हो । घटनाक्रम जनक कुमार वलीले नेपाल बैंकको घर्तीगाँउ शाखामा २०७६ सालमा खाता खोलेका थिए । खाता खोल्दा वलीले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, एटिएम सेवा लगायत बैंकका अन्य कुनै पनि … Continue reading नेपाल बैंकको खाताबाट निक्षेपकर्ताको ६ लाख पैसा गायब, सिईओ भन्छन्ः थाहा छैन्