नयाँ मौद्रिक नीतिः एक दर्जन बढी बुँदामा कडाई गर्दै शुक्रबार सार्वजनिक !

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको छ । नयाँ मौद्रिक नीति साउनको पहिलो साता भित्रै सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक आवश्यक तयारीमा जुटेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रमहरुमै नयाँ मौद्रिक नीति साउनको पहिलो साता भित्रै सार्वजनिक गरिने प्रतिवद्धता गरेका छन् । मौद्रिक नीति निर्माणको जिम्मेवारी राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागलाई दिइएको छ । विभागले मौद्रिक नीतिको मस्यौदा तयार गरी उच्च व्यवस्थापनमा समेत बुझाइ सकेको छ । साउनको पहिलो साताभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका साथ कामअघि बढाइएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले बताए । ‘नयाँ मौद्रिक नीति सार्वजनिकको लागि व्यवस्थापनतर्फको काम लगभग सकियो, सम्भवतः १/२ दिन भित्रै अन्य बाँकी काम पनि सकिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले सिंहदरबारसँग भने, ‘साउनको पहिलो साताभित्रै मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ भन्ने आशय गभर्नर सा,बको पनि हो । यही शुक्रबार सार्वजनिक हुने सम्भावना प्रवल छ ।’ नयाँ मौद्रिक नीति देशको वर्तमान आर्थिक परिवेशअनुसार बाह्य क्षेत्रको चाप र आन्तरिक मागलाई सन्तुलनमा राख्दै सरकारले परिलक्षित गरेका आर्थिक वृद्धि हासिल गर्ने सघाउ पुग्ने मौद्रिक नीति आउने उनको भनाइ छ । नयाँ मौद्रिक नीति संकुचित नै आउने गभर्नर अधिकारीले मौद्रिक नीति सम्बन्धि राष्ट्र बैंक लगायत विभिन्न क्षेत्रले आयोजना गरेको सार्वजनिक … Continue reading नयाँ मौद्रिक नीतिः एक दर्जन बढी बुँदामा कडाई गर्दै शुक्रबार सार्वजनिक !