हिमालयनसँग नेगोशिएशनमा दरार आएपछि सिटिजन्सलाई प्रस्ताव गर्दै सिभिल
काठमाडौं । हिमालयन बैंकसँग मर्जरको ‘नेगोशिएन’मा दरार आएसँगै सिभिल बैंकले सिटिजन्स बैंकलाई मर्जरको प्रस्ताव गरेको छ । मर्जरको प्रारम्भिक छलफलमा सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि सिभिलले हिमालयनलाई छोडेर सिटिजन्सलाई पाटर्नर बनाउन खोजेको हो । हिमालयन बैंकले इनभेष्टमेण्टसँग डिमर्जर गरेसँगै सिभिल बैंकसँग मर्जरको नेगोशिएसन शुरु गरेको थियो । करिब ४ महिना चलेको मर्जरको नेगोशिएसनमा सिभिल बैंकले सेयर स्वाप रेसियो ९० प्रतिशत मागेपछि समाप्त हुन लागेको हो । हिमालयनले आफ्ना शर्तहरुलाई वास्ता नगरेपछि कर्जर कमिटीको मिटिङ नै नबसेको सिभिल बैंकका एक सञ्चालकले बताए । ‘हिमालयनसँग फाइनल गर्ने भनेर १/२ वटा मिटिङ पछि बसेका छैनौं, बिजेनेश ग्रोथका लागि मर्जरको आवश्यकता हामीले देखेरै नेगोशिएसन अघि बढाएका हौं,’ सिभिल बैंकका ती सञ्चालकले सिंहदरबारसँग भने, ‘कुरा मिले हिमालयन नभए अन्य बैंक हुन सक्छ ।’ बैंकिङ क्षेत्रमा सिभिल बैंकलाई प्रतिस्पर्धी व्यवसाय गर्न पाटर्नरको आवश्यकता परेको भन्दै सकेसम्म यही असार मसान्त अगावै कुनै बैंकसँग मर्जरको अन्तिम टुंगो लाग्ने ती सञ्चालकले जानकारी दिए । ‘टिमले अन्य केही वाणिज्य बैंकसँग पनि छलफल गरिरहेको छ, सिटिजन्ससँग पनि कुरा भएको हुनुपर्छ,’ उनले थपे, ‘मर्जरको लागि उपयुक्त पाटर्नर नभेटिए हामी अर्गानिक ग्रोथमा पनि जान सक्छौं ।’ सिभिल बैंक २ वर्षयता अर्गानिक ग्रोथमा राम्रोसँग अघि बढिरहेको हुँदा मर्जरका लागि पनि नेगोशिएसनमा कम्प्रमाइज नगर्ने उनको भनाइ छ । यता, सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले … Continue reading हिमालयनसँग नेगोशिएशनमा दरार आएपछि सिटिजन्सलाई प्रस्ताव गर्दै सिभिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed