सिभिलका साहुको उच्च डिमाण्डमा चित्त नबुझेपछि मर्जर ‘नेगोशिएसन’मा रुष्ट हुँदै हिमालयन बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकसँग डिमर्जर गरिसकेको हिमालयन बैंकलाई अर्को वाणिज्य बैंकसँगै मर्जरमा जान बाध्यता छ । यही बाध्यताको फाइदा उठाउँदै अन्य वाणिज्य बैंकले हिमालयनसँग ‘नेगोशिएसन’ मा आफ्नो पावर बढाइरहेका छन् । इन्भेष्टमेण्टसँग डिमर्जर भएपछि राष्ट्र बैंकले सनराइज बैंकसँग नेगोशिएसन गर्न सुझाएको थियो । सनराइज बैंकले पनि २ वर्ष अघि सिर्जना फाइनान्ससँग डिमर्जर गरेपछि अर्को बैंकसँग मर्जरमा जानुपर्ने बाध्यता छ । राष्ट्र बैंकको मर्जर तथा प्राप्ति विनियमावली, २०७३ अनुसार आपसमा मर्जर तथा प्राप्तिको सम्झौता गरी सैद्धान्तिक स्वीकृति पाएका बैंक तथा वित्तीय संस्था डिमर्जर भएमा ३ वर्षभित्र अर्को पाटनर खोजी मर्जर सम्पन्न गरिसक्नु पर्छ । अर्को संस्थामा मर्जर नहुँदासम्म राष्ट्र बैंकबाट पाउने सेवा सुविधा कटौती हुनुका साथै सेयर कारोबार रोक्का र लाभांश वितरण समेत रोक्का हुन्छ । जुन कारवाहीमा हिमालयन बैंक र सनराइज बैंक छन् । राष्ट्र बैंकले सनराइज बैंकसँग नेगोशिएसन गर्न सुझाएको भएपनि हिमालयन बैंकले सिभिज बैंकसँग ४ महिना अघिदेखि मर्जरको छलफल गरिरहेको छ । यी बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्र नै तयार गर्ने सम्मको छलफल अहिले स्थगित भएको छ । सिभिल बैंकका संस्थापकहरुको डिमाण्डमा हिमालयन बैंकका सञ्चालकहरुको चित्त नबुझेपछि मर्जरको नेगोशिएसन तत्काललाई स्थगित भएको हो । दुवै बैंकको मर्जर कमिटीबिच भएरहेको दैनिक छलफल अहिले रोकिएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए । हिमालयन बैंकले सिभिल बैंकलाई ६० प्रतिशत स्वाप … Continue reading सिभिलका साहुको उच्च डिमाण्डमा चित्त नबुझेपछि मर्जर ‘नेगोशिएसन’मा रुष्ट हुँदै हिमालयन बैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed