१५ दिनभित्रै ब्रोकर लाइसेन्स वितरण प्रकृया शुरु हुँदै, चुक्तापुँजी २० करोड र शुल्क ५० लाख रूपैयाँ

काठमाडौं । पुँजी बजारमा २० करोड रुपैयाँ चुक्ता पुँजी भएका नयाँ ब्रोकर कम्पनीहरु थप हुने भएका छन् । धितोपत्र बोर्डको बजार सञ्चालकको रहेको नेपाल स्टक एक्सचेञ्ज (नप्से) ले असार मसान्तभित्रै नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने भएको हो । बोर्डले एक वर्ष अघि नै नयाँ ब्रोकर थप्नका लागि नेप्सेलाई अध्ययन गर्न भनेको थियो । सोही अनुसार नेप्सेले अध्ययन कमिटी बनाएर ब्रोकर कम्पनीहरुको आवश्यकता अध्ययन गरी प्रतिवेदन तथा कार्यविधि बनाएर अर्थ मन्त्रालय र धितो पत्रबोर्डमा प्रस्तुत गरिसकेको छ । नेप्सेले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्नका लागि ‘दलाल व्यवसाय इजाजतका लागि सिफारिस छनौट कार्यविधि, २०७९’ को मस्यौदा तयारी गरी बुँदागत छलफल गरिरहेको हो । मन्त्रालय र बोर्डको सहमतिमा अहिले नेप्से सञ्चालक समितिले उक्त कार्यविधिमा छलफल गरी रहेको छ । कार्यविधि सञ्चालक समितिबाट पास भएपछि असार मसान्त अगावै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण प्रक्रिया थालिने नेप्सेका एक उच्च अधिकारीले बताए । उक्त कार्यविधिले बजार आवश्यकता र नेप्सेको सिस्टमको क्षमता अनुसार नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्न सकिने भनेको छ । त्यसका कारणले गर्दा तोकिएको पुँजी लगायतका मापदण्ड पुरा गर्ने कम्पनीहरु सबले लाइसेन्स पाउन सक्ने ती अधिकारीको दावी छ । ‘चुक्ता पुँजी १५ देखि २० करोड रुपैयाँ तोक्ने तयारी हो भने लाइसेन्स शुल्क ५० लाख रुपैयाँ निर्धारण गरिएको छ,’ नेप्सेका ती अधिकारीले … Continue reading १५ दिनभित्रै ब्रोकर लाइसेन्स वितरण प्रकृया शुरु हुँदै, चुक्तापुँजी २० करोड र शुल्क ५० लाख रूपैयाँ