१० ब्रोकरले उपत्यकाबहिर १६ शाखा खोल्दै, कुन कम्पनीले कहाँका लागि पाए अनुमति ? (सूची सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई उपत्यकाबाहिर थप शाखा खोल्न अनुमति दिने भएको छ । बोर्डले १० वटा ब्रोकर कम्पनीलाई १६ नयाँ शाखा कार्यालय सञ्चालनको अनुमति दिने भएको हो । चालु आवमा उपत्यकाबाहिर हाल ४ कम्पनीका ७ वटा शाखा सञ्चालनमा आइसकेका छन् । बोर्डले करिब २ वर्षपछि उपत्यका बाहिर ७ वटै प्रदेशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिन लागेको हो । बोर्डले चालु आर्थिक वर्षभित्र ४ वटा ब्रोकर कम्पनीलाई ७ स्थानमा शाखा खोल्ने अन्तिम स्वीकृति दिइसकेकामा उनीहरूले शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको बोर्डले जानकारी दिएको छ । शाखा कार्यालय विस्तारको सैद्धान्तिक स्वीकृति पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुलाई अन्तिम स्वीकृत दिन लागिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘शाखा विस्तारको लागि सैद्धान्तिक स्वीकृति पाइसकेका ब्रोकर कम्पनीहरुलाई पूर्वाधार तयारीको समय दिइएको थियो, अधिकांश कम्पनीहरुले पूर्वाधार तयार गरिसकेका छन्,’ अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘चाँडै पूर्वदेखि पश्चिमसम्म १६ नयाँ स्थानमा ब्रोकरका शाखा सञ्चालनमा आउँदैछन् ।’ ब्रोकरले तयार गरेको शाखा कार्यालयको पूर्वाधार बोर्डले निरीक्षण गर्ने क्रम सुरु भएको र उक्त काम सकिएपछि सञ्चालनको लागि अन्तिम स्वीकृति दिइने उनले बताए । शाखा कार्यालय सञ्चालन गर्न ५० वटै ब्रोकरले आवेदन दिएको थिए । हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा सञ्चालनमा आइसकेका छन् । करिब २ वर्ष … Continue reading १० ब्रोकरले उपत्यकाबहिर १६ शाखा खोल्दै, कुन कम्पनीले कहाँका लागि पाए अनुमति ? (सूची सहित)