अबैध ‘वान एक्स बेट’सहित अनलाईन बेटिङ रोक्न तात्यो राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी कारोबारमा आफु मातहतका संघ–संस्थाको संलग्नता बारे वृहत छलफलका साथै अध्ययन शुरु गरेको छ । केन्द्रीय बैंकले अनलाईन बेटिङ एप ‘वान एक्स बेट’मा नेपालका वालेटहरुको संलग्नताबारे चासो देखाउँदै सोमा हुने कारोबारबारे अध्ययन शुरु गरेको हो । पछिल्लो समय साइप्रसबाट लाइसेन्स प्राप्त रसियन अनलाईन जुवाघर ‘वान एक्स बेट’ को प्रयोग युवामाझ बढ्दै गएको छ । नेपालमा यस्ता अनलाइन बेटिङ प्रतिबन्धित भएपनि ‘वान एक्स बेट’ मा पैसाको कारोबारमा अनुमति प्राप्त भुक्तानी प्रदायक कम्पनीहरुको आवद्धताले राष्ट्र बैंकको ध्यानाकर्षण भएको हो । ‘वान एक्स बेट’ मा करिब २ लाख युवा पुस्ताले सक्रिय रुपले अर्ब बढी बेटिङ गर्ने सम्बन्धित व्यक्तिहरु बताउँछन् । वान एक्स कर्प एन.भि कम्पनीले युके, अमेरिका, स्पेन, फ्रान्स, इटाली, पोर्चुगल, पोल्याण्ड, बेल्जियम लगायत विश्वका १ सय ३४ देशमा विभिन्न नाममा यो बेटिङ एप कानुनी रुपमा सञ्चालन गरेको छ । तर, नेपालमा यस्ता बेटिङलाई कानुनीले प्रतिबन्ध लगाएको हुँदा यसको कारोबारबारे सम्बन्धित सरोकारवाला निकाय, भुक्तानी सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुसँग छलफल गरी अध्ययन शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए । वान एक्स बेटमा ईसेवा, खल्ती, आइएमई पे, फोन पे, कनेन्ट आइपीएस जस्ता भुक्तानी कम्पनीहरुको संलग्नता प्रष्ट देखिएको छ । ‘वान एक्स बेट’ को वैधानिकता र यसमा हुने कारोबारमा राष्ट्र बैंकबाटै अनुमति प्राप्त वालेटहरुको आवद्धताबारे … Continue reading अबैध ‘वान एक्स बेट’सहित अनलाईन बेटिङ रोक्न तात्यो राष्ट्र बैंक