९ ब्रोकर कम्पनीलाई १६ स्थानमा शाखा विस्तारको अनुमति दिँदै बोर्ड, कुन ठाँउमा कुन ब्रोकर ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ९ वटा ब्रोकर कम्पनीहरुलाई शाखा कार्यालय सञ्चालनको अनुमति दिने भएको छ । बोर्डले करिब २ वर्ष पछि उपत्यका बाहिरका ७ वटै प्रदेशका १६ स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिने भएको हो । शाखा कार्यालय विस्तारका सैद्धान्तिक स्वीकृति (एलओआइ) पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुलाई अन्तिम स्वीकृत दिन लागिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘बोर्ड अध्यक्षमा भिष्मराज ढुंगाना हुँदा नै एलओइआई पाइसकेको ब्रोकरका शाखालाई सञ्चालनमा ल्याउनु पर्छ भनेर अहिलेका अध्यक्ष ज्युले भन्नु भएको छ,’ कार्यकारी निर्देशक गिरीले सिंहदरबारसँग भने, ‘नयाँ शाखा विस्तारलाई आवेदन अहिले नै लिने विषयमा आधिकारीक छलफल नभएपनि एलओआइ पाएर पुर्वाधार तयार गरेका ब्रोकर कम्पनीका शाखा कार्यालय सञ्चालनका लागि भने केही समय भित्रै अन्तिम स्वीकृति दिने तयारीमा छौं ।’ प्राप्त आवेदनमा बोर्डले धितोपत्र बजारको आवश्यकता अध्ययन गरी अध्ययनले आवश्यक स्थानमा शाखा कार्यालय विस्तार गर्न आवेदन दिने कम्पनहिरुलाई मात्र एलओआई दिइएको उनको भनाइ छ । तर, बोर्डले ब्रोकरको आधिकारीक प्रतिनिधि राख्न दिने र शाखा कार्यालय विस्तारको नयाँ आवेदन लिने विषयमा भने हालसम्म कुनै छलफल नगरेको उनले जानकारी दिए । बोर्डले अहिले अन्तिम स्वीकृति दिन लागेको शाखा कार्यालयहरुको लागि ५० वटै ब्रोकरले आवेदन दिएको थिए । सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरुमध्ये हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा … Continue reading ९ ब्रोकर कम्पनीलाई १६ स्थानमा शाखा विस्तारको अनुमति दिँदै बोर्ड, कुन ठाँउमा कुन ब्रोकर ?