नियामकिय डण्डापछि साढे ४ हजार रुपैयाँको सेयर १ सयमा बेच्दै जीवन विकास लघुवित्त
काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा कारोबार सुरु भएको ६ महिना पनि बित्न नपाउँदै प्रतिकित्ता सेयर मूल्य ४४ गुणाले बढेर ४ हजार ४१० रुपैयाँ कायम भएको छ । तर, अहिले संस्थाले पौने ५ लाख कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँमै बिक्री गर्न बोलकबोल आह्वान गरेको छ । छोटो समयमै उच्च बिन्दुले सेयर मूल्य बढेको संस्थाको सेयर केही संस्थापकहरु गरेको गैरकानुनी सेयर कारोबारका कारण बजार मूल्य भन्दा निकै कममा बिक्री गर्नु परेको हो । जीवन विकास लघुवित्त वित्तीय संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । संस्थाको सेयर गत साउनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भपछि कारोबार शुरु भएको हो । संस्थाको ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख ७७ हजार ३०० साधरण गरी कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भई प्रतिकित्ता ३ सय ५ रुपैयाँ २७ पैसादेखि कारोबार सुरु भएको थियो । कम्पनीको सेयर मूल्य पुस १८ गतेसम्म नेप्सेमा ४ हजार ४१० रुपैयाँ कायम भएको छ । दोस्रो बजारमा जीवन विकास लघुवित्तको सेयरको माग पनि उत्तिकै छ । बढ्दो मागसँगै सेयर मूल्य बढेपनि संस्थाका पदासीन केही संथापकले गैर कानुनी रुपमा खरिद गरेका ४ लाख ७८ हजार ३३८ कित्ता सेयर भने फेस भ्याल्यु अर्थात् १ सय रुपैयाँमै बिक्री गर्नु … Continue reading नियामकिय डण्डापछि साढे ४ हजार रुपैयाँको सेयर १ सयमा बेच्दै जीवन विकास लघुवित्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed