पुस महिनामा निक्षेपको ब्याजदर १०.०५ प्रतिशत नै कायम गर्दै वाणिज्य बैंकहरु

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् । मंसिर महिनामै कायम निक्षेपको १०.०५ प्रतिशत ब्याजदरलाई पुस महिनामा समेत कायम गर्ने सहमति गरेका हुन् । संघमा आवद्ध वाणिज्य बैंकहरुको सहमतिको कार्यन्यवन भने विकास बैंक र फाइनान्स कम्पनीहरु समेत सहमत भएमा लागू हुन सक्ने बैंकर्स संघका एक कार्यसमिति सदस्यले बताए । ‘सरकारले खर्च न बढाएसम्म ब्याजदर बढाएरमात्र डिपोजिट आउँदैन, यसले बैंकको खर्चमात्र बढाइरहेको छ, ’ संघका ती सदस्यले सिंहदरबारसँग भने, ‘यसै विषयमा शुक्रबार संघमा पूर्ण बैठक बसेका थियौ, सबै साथीहरु मंसिरकै ब्याजदर पुसमा पनि कायम गनुपर्छ भन्ने विषयमा सहमत हुनुन्छ ।’ बैंकर्स संघको सो सहमति डेभलममेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी बैंकर्स संघको सहमति भएमा कार्यान्यवन हुने ती सदस्यको भनाइ छ । ‘अध्यक्ष ज्यूले सायद यही आइतबार डेभलममेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी बैंकर्स संघसँग छलफल गर्ने कुरा भएको छ, उहाँहरु पनि सहमति हुनु भएमा पुस महिनामा निक्षेपको ब्याजदर बढ्दैन ।’– संघका ती सदस्यले भने । राष्ट्र बैंकले हरेक महिना बैंकहरुलाई पछिल्लो महिनामा कायम निक्षेपको ब्याजदरको १० प्रतिशत वृद्धि गर्न पाउने व्यवस्था गरिसकेको छ । सोही अनुसार वाणिज्य बैंकहरुले कात्तिक महिनामा कायम निक्षेपको ब्याजदरको १० प्रतिशतले थप गरी १०.०५ पुर्याएका थिए । उक्त ब्याजदर बैंकहरुले अघिल्लो महिनामा कायम औषत ब्याजदरको १० प्रतिशत थप गरेका हुन् भने पुस महिनामा … Continue reading पुस महिनामा निक्षेपको ब्याजदर १०.०५ प्रतिशत नै कायम गर्दै वाणिज्य बैंकहरु