पुसदेखि बैंकको ब्याजदर बढछ, समस्या समाधान गर्न नीतिगत व्यवस्था परिवर्तन हुनेछ: गभर्नर

काठमाडौं । पुस महिनादेखि बैंकको ब्याजदर बढ्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंकिङ प्रणालीको तरलता संकुचनले पछिल्लो महिना बैंकको ब्याजदर १ प्रतिशतसम्मले बढ्नसक्ने गभर्नर अधिकारीले बताएका हुन् । बिहीबार अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था चुनौती, अर्थमन्त्रालयको काम कारवाही र भावी योजना लगायतमा राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेको थियो । समितिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गरेको छलफलमा अधिकारीले सो बताएका हुन् । ‘तरलता समस्याबीच पनि अहिले औसत ब्याजदर ८ प्रतिशत कायम हुनु आत्तिने आवस्था होइन, तर अब पछिल्लो महिना ब्याजदर केही प्रतिशत अवश्य बढ्छ,’ छलफलमा गभर्नर अधिकारीले भने, ‘अब कर्जाको औसत ब्याजदर नै ९ प्रतिशत पुग्न सक्ने देखिन्छ, बेसरेट पनि बढ्छ र निक्षेपको पनि ब्याजदर बढ्छ ।’ अहिलेको अवस्थामा बैंकको ब्याजदर औसतमा ८/९ प्रतिशत हुनु स्वाभाभिक रहेको उनको भनाइ छ । तरलता संकट व्यवस्थापन गर्ने राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेका व्यवस्थामा संशोधन तथा परिमार्जनको आवश्यकता देखिएको उनको भनाइ छ । ‘सरकारले पुँजीगत खर्च समयमै नगर्दापनि तरलता व्यवस्थापन गर्न समस्या भइरहेको छ तर, राष्ट्र बैंकले पनि केही नीतिगत व्यवस्थामा प्रविधिक परिवर्तन गर्नुपर्ने देखिएको छ,’ गभर्नर अधिकारीले भने, ‘पुँजीगत खर्च १ दिनमात्रै ढिलो हुँदापनि धेरै प्रभाव पर्छ, अझैपनि पुँजीगत खर्च लक्ष्यअनुसार बढ्न सकिरहेको छैन ।’ विकाससँग सम्बन्धित मन्त्रालयको काम कारवाहीमा ढिलाइ हुँदा पुँजीगत … Continue reading पुसदेखि बैंकको ब्याजदर बढछ, समस्या समाधान गर्न नीतिगत व्यवस्था परिवर्तन हुनेछ: गभर्नर