परम्परागत नीति नत्यागेसम्म कल्पना गरेअनुसार आर्थिक समृद्धि निकै टाढाः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ चन्द्र ढकालले सरकारले परम्परागत नीतिगत व्यवस्था त्यागेर आधुनिक र समयसापेक्ष व्यवस्थाको माग गरेका छन् । यसो गर्दा व्यवसायी, सरकार र आम नागरिकलाई पनि फाइदा हुने स्थित सिर्जना हुने उनको दाबी छ । । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४५ ‌औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत व्यवस्थालाई परम्परागत रूपमा क्यारि फर्वार्ड गरेको बताए । “अर्थतन्त्रलाई अगाडि बढाउन यो पारम्पारिक सोच अन्त्य गर्नुपर्छ,” उनले भने । परम्परागत नीति समयानुकल परिवर्तन गयौं भनेमात्र कल्पना गरेअनुसारको आर्थिक विकास टाढा नभएको जिकिर उनले गरे । उनले भने, “चारपांग्रे सवारी एसेम्बल उद्योग निर्माण गर्न सरकारबाट प्रोत्साहन गर्नुपर्छ । नेपालमै चारपांग्रे सवारी बनाउँदा बिजुलीको अधिक उत्पादन यही खपत हुन्छ भने आयात घट्छ ।”