नाडा अटो शोका लागि भृकुटीमण्डपको प्रदर्शनी हल सानो भयोः अध्यक्ष दुलाल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले नाडा अटो शोका लागि भृकुटीमण्डपको हल सानो भएको गुनासो गरेका छन् । ४५ ‌औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष दुलालले प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो गुनासो गरेका छन् । नाडाले वर्षेनी अटो शो आयोजना गर्दै आएको छ । कोरोना महामारीका माझ पछिल्लो २ वर्ष शो हुन सकेको छैन । सो अवसरमा दुलालले अटो क्षेत्र राजस्वको सबैभन्दा धेरै योगदान दिने क्षेत्र रहेको बताउँदै सरकारले अटो क्षेत्रलाई निरूत्साहन गर्न नहुने बताए । नाडाले सवारी व्यवस्थापनमा उत्कृष्ट योगदान गर्ने ४ जना ट्राफिक प्रहरीलाई सम्मान पनि गरेको छ भने नाडा एन्थम पनि सार्वजनिक भएको छ ।