नाडामा चुनावी सरगर्मीः अञ्जन श्रेष्ठ सक्रिय, शेखर गोल्छा कता ?
काठमाडौं । शेखर गोल्छा, नेपाली उद्योगी व्यवसायीबीच पायोनियर नाम । जबजब व्यवसायीमा चुनाब लाग्छ, गोल्छाको साथ कता ? भन्ने प्रश्न आउँछ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष गोल्छा नाडाको पनि पूर्व अध्यक्ष हुन् । गोल्छा समूहको एचएच बजाज नाम गरेको कम्पनीले नेपालमा बजाज मोटरसाइकल बेच्दै आएको छ । बजाज नेपालमै मोटरसाइकल एसेम्ब्ली प्लान्ट पहिलो मोटरसाइकल कम्पनी पनि हो । मार्केट सेयरमा बजाज निकै अगाडि छ । बजाजका डिलर देशैभर छन् । व्यवसायी जगतमा गोल्छा जति ठूलो नाम हो, गाडी (कार, मोटरसाइकल तथा पार्टपुर्जा) व्यापारीमाझ त्योभन्दा शक्तिशाली नाम हो । उद्योगी रामलाल गोल्छाले सुरू गरेको गोल्छा साम्राज्य ठूलो हुनुको कारण जोकोही व्यवसायी गोल्छाको सामिप्यतामा पर्न खोज्छ । र, शेखर गोल्छाको पोर्टफोलियो यसरी बनेको छ, उनको साथ हुनुलाई चुनावी प्रत्यासीले अहोभाग्य मान्ने गरेका छन् । शेखर गोल्छा जति शक्तिशाली छन्, त्यसमा दोब्बर बल उनी एफएनसीसीआईको अध्यक्ष रहँदा थपिएको छ । तर, नाडा चुनाव मुखैमा गोल्छा चुप देखिएका छन् । गोल्छा कसैको चुनावी प्रचारमा खुलेका छैनन् । तर, दुवै पक्षले आफूसँग गोल्छाको साथ भएको दाबी गरेको छ । नाडाको मंसिर २३ गते तोकिएको ४५ औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन हुँदैछ । अध्यक्षका लागि करण चौधरी र ध्रुब थापा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् । सहमतिमा अध्यक्ष चयन गर्ने भनिएपनि अघिल्लो कार्यकालका उपाध्यक्ष … Continue reading नाडामा चुनावी सरगर्मीः अञ्जन श्रेष्ठ सक्रिय, शेखर गोल्छा कता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed