विदेशी सञ्चिति जोगाउन हिमालयन रिको बिजनेस सुनिश्चित गरेका हौंः बीमा समिति

काडमाडौं । बीमा समितिले चौतर्फी विरोध भएपछि पुनरबीमा व्यवसाय सम्बन्धी गरेको पछिल्लो निर्देशन बारे स्पष्टिकरण दिएको छ । समितिले ध्यानाकर्षण विज्ञप्ती जारी गर्दै मुलुक विदेशी मुद्रा सञ्चिति जोगाउन पुनर्बीमाका सम्बन्धमा सो निर्देशन जारी गरेको स्पष्टिकरण दिएको छ । समितिले जारी निर्देशनको अपव्याख्या गर्दै विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुले दिएको धारणा र यथार्थहीन भ्रमपूर्ण जानकारीप्रति समितिले खेद प्रकट गरेको छ । दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका कारण प्रतिस्पर्धीरुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको हुँदा र हाल मुलुकमा बैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले वैदेशिक मुद्रा सञ्चिति संचितिमा समेत योगदान पु¥याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम यस समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ । हाल नेपाल पुनरबीमा कम्पनी र हिमालयन रिले पुनरबीमा व्यवसाय गरिरहेका छन् । पुनरबीमा कम्पनी सरकारको समेत सेयर स्वामित्व रहेको कम्पनी हो । कम्पनी स्थापनामै बीमकले २० प्रतिशत व्यवसायको नेपाल पुनरकम्पनीलाई दिन पर्ने र बाँकी आफ्नो सहुलियतले विदेशी पुनरबीमा कम्पनीलाई दिन … Continue reading विदेशी सञ्चिति जोगाउन हिमालयन रिको बिजनेस सुनिश्चित गरेका हौंः बीमा समिति