हिमालयन रिको बिजनेस सुनिश्चित गर्दै समिति, निर्देशनले बिमकको व्यावसायीक स्वतन्त्रता गुम्यो

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्सको प्रिमियमको जिम्मेवारी आफ्नो काँधमा लिएको छ । समितिले सबै कम्पनीहरुलाई पत्र पठाउँदै विद्यमान व्यवस्था बाहेक बाँकी रहेको पुनरबीमा व्यवसाय हिमालयन रिलाई दिन ठाडो निर्देशन दिएको हो । हालको व्यवस्था अनुसार बीमा कम्पनीहरुले कुल व्यवसायको न्यूनतम २० प्रतिशत नेपाल पुनरबीमा कम्पनीलाई दिनु पर्ने हुन्छ । बाँकी रहेको ८० प्रतिशत व्यवसाय विदेशी पुनरबीमा कम्पनीलाई दिन पाउँछन् । अर्थात् बीमक कम्पनीहरुले १ सय रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्दा २० रुपैयाँ बराबरको जोखिम नेपाल पुनरबीमा कम्पनीलाई दिनु पर्छ भने बाँकी जोखिम व्यवसायीक फाइदाको आधारमा विदेशी पुनरबीमा कम्पनीलाई दिन्छन् । तर, समितिले बिहीबार सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै नेपाल रि २० प्रतिशत दिएर बाँकी रहेको व्यवसाय स्वदेशी पुनरबीमा कम्पनीलाई नै निर्देशन दिएको छ । समितिद्वारा कम्पनीहरुलाई दिएको निर्देशनमा भनिएको छ– – बीमकले आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष सिमा सम्बन्धमा हालको व्यवस्था कायम राख्ने, – प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनरबीमा बाहेक बाँकी हुन आउने सबै पुनरबीमा व्यवसाय स्वदेशी पुनरबीमकहरुलाई प्रदान गर्ने, – विदेशी पुनरबीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनरबीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनरबीमा अस्बीकार गरेको प्रमाण पेश गर्नु पर्ने । सरकारी स्वामित्व समेत रहेको नेपाल पुनरबीमा कम्पनीलाई सरकारले नै २० प्रतिशत व्यवसाय सुनिश्चित गरिदिएको हो । तर, पुर्ण … Continue reading हिमालयन रिको बिजनेस सुनिश्चित गर्दै समिति, निर्देशनले बिमकको व्यावसायीक स्वतन्त्रता गुम्यो