हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ, एक्लाएक्लै दौडन खोजे सबै लड्छौंः नवनिर्वाचित अध्यक्ष
काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्प्रधी बनाउन संघले पहलकदमी काम कर्ने बताएका छन् । संघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष उपाध्यायले नयाँ कमिटीले अहिलेको बैकिङ क्षेत्रको समस्या समाधानमा काम गर्ने बताएका हुन् । ३५ औं साधारणसभाबाट अध्यक्ष चयन भएका अध्यक्ष उपाध्यायले विगतको केही अवधिमा बैंकहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको बताए । “चुनौतीहरूलाई व्यवसस्थापन गर्ने अवसर पाएका छौं,” उपाध्यायले भने, “कोभिडबाट बैंक, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशले व्यवस्थापन गर्न सक्षम भयौ । यसमा राष्ट्र बैंकको भुमिका ठूलो छ र यसबीच उत्साहित ग्रोथ पनि भयो ।” वाणिज्य बैंकहरूले वित्तीय बजारको कुल निक्षेपमा ८८ प्रतिशत र कर्जामा ८९ प्रतिशत होल्ड गर्छन् तर बैंकरहरू कहिलेकाहीँ आफैं आत्तिएर समस्या हुने गरेको अनुभव उनले सुनाए । “वित्तीय क्षेत्रको ९० प्रतिशत जिम्मेवारी बोकेकाले धेरै जिम्मेवारी छ । कोरोनापछि सबै परिस्थित सहज बनिसक्दा पनि हामी आत्तियौं,” तरलताको अभावको प्रसंग जोड्दै उनले भने, “बैंकरमात्र हैन, व्यवसायी पनि आत्तियौं । हामी बैंकहरू पनि आत्तिइहाल्छौं क्या.. जहाजै डुब्छ कि ! हाम्रो पोर्टफोलियो नै डुब्छ कि ! नाफा नै डुब्छ कि ! भन्ने मानसकिकतालाई पनि व्यवस्थापन गर्न जरूरी छ ।” सरोकारवाला सबै कुल माइन्डमा हुन र आफूहरू के के विषयमा चुकिरहेको … Continue reading हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ, एक्लाएक्लै दौडन खोजे सबै लड्छौंः नवनिर्वाचित अध्यक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed