यहाँ हेर्नुहोस् तपाईंको गाउँका कति परिवारले पाउँदै छन् १० हजार रूपैयाँ ‘दसैं खर्च’ !

काठमाडौं । सरकारले ‘दसैंखर्च’ भनेर प्रचार गरेको कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्य चाडबाड घर्केपछि हुँदैछ । कात्तिक १५ गते सरकारले राजपत्रमार्फत नगद हस्तान्तरण कार्यविधि प्रकाशित गरेसँगै दसैंखर्च पाउने आशामा बसेकाले राहत पाउने भएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले ‘दसैंअघि नै बाँड्नुपर्छ’ भन्दै हतारमा कार्यविधि बनाउन लगाए पनि तिहारको मुखमा मन्त्रिपरिषदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको हो । दसैंको मुखैमा अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट संसदमा पेश गरेका थिए । प्रतिस्थापन विधेयकमा संसदमा पेश गर्दा त्यसमा समेटिएको एउटा व्यवस्था निकै लोकप्रिय बन्ने आँकलन गरिएको थियो । बजेटमार्फत कोरोना प्रभावित न्यून आय भएका तथा असङ्गठित क्षेत्रमा रहेका काम गर्नेलाई एक पटकका लागि १० हजार बराबरको नगद अनुदान दिने व्यवस्था गरिएको थियो । दसैं आउन १ महिनामात्र बाँकी रहँदा ल्याइएको बजेटबाट न्यून आय भएका परिवारले ठूलो आश गरेका थिए । यो व्यवस्थालाई मन्त्री शर्माले ‘दसैं खर्च’ भन्दै प्रचार गर्न भ्याएका थिए । प्रतिस्थापन विधेयक पेश गर्दै अर्थ मन्त्रीले भनेका थिए, “कोभिड-१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहत स्वरुप एक पटकका लागि प्रति घरपरिवार रू. १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु। यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्वत्‌ २०७८ असोज महिना … Continue reading यहाँ हेर्नुहोस् तपाईंको गाउँका कति परिवारले पाउँदै छन् १० हजार रूपैयाँ ‘दसैं खर्च’ !