ब्याजदरभन्दा विश्वसनीयता नै नबिल बैंकको ‘ब्रान्ड भ्यालु’

बैंकिङ प्रोडक्ट भन्नाले निक्षेप खाताका प्रकार भन्ने बुझ्नुपर्छ । निक्षेप योजनाहरूमा मुद्दती, बचत र चल्ती खाता पर्छन् । बैंकहरूले धेरै प्रोडक्ट देखाउन र ग्राहकलाई आकर्षण गर्न एकै प्रकारका निक्षेपभित्र अनेक नामका खाता सञ्चालनमा ल्याउने गरेका हुन्छन् । धेरै नामका खाता राख्नुको उद्देश्य सबै प्रकारका ग्राहकलाई उनीहरूको आवश्यकता बमोजिमको योजना तयार पार्नु हो । बैंकहरूले ‘आफू अरूभन्दा पृथक छु’ भन्ने देखाउन पनि प्रोडक्टहरू बढी डिजाइन गर्ने गर्छन् । तर, पछिल्लो समय यसले ग्राहकहरूमा अन्योलता सिर्जना गर्ने गरेको पाइन्छ । एउटै उमेर, वर्ग, क्षेत्रका ग्राहकहरूका लागि फरक–फरक प्रकारका प्रोडक्ट बनाउनु आवश्यक हुँदैन । जस्तो कि, महिला लक्षित एकभन्दा बढी प्रोडक्ट बनाउनु उचित छैन । निश्चित वर्ग, उमेर वा पेशाका महिलालाई त्यही अनुसार प्रोडक्ट बनाउँदा उनीहरूभित्रकै एउटा तप्का सुविधाबाट बञ्चित हुन सक्छ । ‘महिलाहरूका लागि एउटा मात्र खाता बनाउनुपर्छ’ भन्नुको कारण यही हो । एउटा मात्र खाता हुँदा सबैको समान सहभागिता हुन सक्छ । कुन खाता कस्ता ? बचत खाता लाभग्राहीको हित हेरेर डिजाइन गरिएको हुन्छ । यसमा ग्राहकहरूले चाहेको बेला रकम थप्न र झिक्न सक्छन् । मुद्दती खाताहरू आवधिक हुन्छन् । यिनका नाम र समय–चक्र फरक हुन्छन्् । तर, सबैमा तोकेको समयमा सोही अनुसार उच्च ब्याजदरको प्रत्याभूति गरिएको हुन्छ । चल्ती संस्था/कम्पनी/संघ/संगठनले खोल्ने खाता हो । यसमा ब्याज दिइँदैन । प्रतिफलको स्रोत … Continue reading ब्याजदरभन्दा विश्वसनीयता नै नबिल बैंकको ‘ब्रान्ड भ्यालु’