नबिल बैंकले घोषणा गर्यो बम्पर लाभांश, ३८ प्रतिशत प्रतिफल

काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको ३३.६ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ४.४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको ५७९ औं वैठकले यस्तो निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश हालसम्म वाणिज्य बैंकहरूले घोषणा गरेमध्ये सर्वाधिक हो । बैंकले गत वर्ष बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । कोरोना महामारीमाझ बैंकले नाफा बढाउँदा लाभांश पनि बढाएको हो । घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।