विद्युतीय भुक्तानी गरेकै आधारमा बिनाधितो कर्जा पाउने दिन आउनेछ : गभर्नर अधिकारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी गरेकै आधारमा ग्राहकलाई बिनाधितो कर्जा प्रवाह गर्ने दिने आउने उद्घोष नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गरेका छन् । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा ‘क्यूआर कोड’ भुक्तानी उद्घाटन गर्दै  उनले विद्युतीय कारोबारको विवरण हेरी सोही आधारमा बैंकहरुले ग्राहकलाई बिनाधितो कर्जा दिने व्यवस्था निकट भविष्यमा आउनै लागेको बताएका हुन् । विद्युतीय भुक्तानी गर्दा समय बचत हुने र सो समयमा थप कारोबार बढाएर आम्दानी बढाउन सकिने र भविष्यमा ‘क्यूआर कोड’ मार्फत गरिने भुक्तानीकै आधारमा बैंकले ग्राहकको हैसियत मुल्यांकन गरी बिना धितो कर्जा दिने उनको भनाइ छ । ‘व्यक्तिदेखि व्यवसायीलाई नै विद्युतीय भुक्तानीले कयौं फाइदा पुग्छ, कयौं ठाँउमा हामीले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ सुनिरहेका छौं । यो क्यूआरको कारोबार हेरेर एआईमार्फत् बैंकहरुले आफ्नो ग्राहकको हैसियत विवरण बनाउँदै जान्छन्,’ गभर्नर अधिकारीले भने, ‘बैंकबाट कर्जा लिनसक्ने हैसियत ग्राहकको हुन्छ तर क्षमता देखाउन सकिएको हुँदैन । तर, भोलिका दिनमा डिजिटल कारोबार गरेको कारणले यसैबाट हैसियत झल्केर बैंकले बिना धितो कर्जा दिन सक्छन् ।’ विद्युतीय भुक्तानी गरेको तथ्यांक मुल्यांकन गरेर बैंकले ग्राहकको आम्दानीको आधारमा बिनाधितो कर्जा दिन सक्ने उनको भनाइ थियो । विद्युतीयको माध्यमले बैंकिङ प्रणालीमा सबै जनतालाई जोड्ने केन्द्रीय बैंकको उद्देश्य रहेको बताउँदै अधिकारीले सो उद्देश्य पुरा गर्न मोबाइल प्रयोगकर्ता बढ्दा सहजता भएको उनले बताए । ‘मोबाइल प्रयोगकर्ता बढेसँगै विद्युतीय भुक्तानीका लागि … Continue reading विद्युतीय भुक्तानी गरेकै आधारमा बिनाधितो कर्जा पाउने दिन आउनेछ : गभर्नर अधिकारी