अब भाटभटेनीमा पनि क्यूआर कोड स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने
काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि क्यूआर स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने भएको छ । यसअघि नगद वा कार्ड स्वाप गरेर खरिदको रकम तिर्न मिल्नेमा अबदेखि उपभोक्ताले मोबाइलबाटै तिर्न सक्ने भएका हुन् । भाटभटेनीमा कार्डमात्र चल्ने भएकाले पहिले निकै झन्झट थियो । बुधबार टंगालस्थित भाटभटेनीमा एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड उद्घाटन गरे । भाटभटेनीमा प्रभु बैंकको क्यूआर स्क्यान राखिएको छ । जसलाई इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपबाट स्क्यान गरेर रकम तिर्न मिल्छ । क्यूआर कोड प्रबर्द्धन गरी नगदरहित कारोबारलाई देशव्यापी बनाउने योजनाको श्रेय गभर्नर अधिकारीलाई जान्छ । वर्षदिन अघि नक्सालको तरकारी बजारबाट सुरू भएको अभियानले ठूलो सफलता हासिल गरिसकेको छ । अधिकारीले भने यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिए । कार्यक्रममा उनले भने, “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार निकै कम भइसकेको छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।” कार्यक्रममा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनले सुनाए । अहिले २० वटा आउटलेटबाट दैनिक ४० जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको … Continue reading अब भाटभटेनीमा पनि क्यूआर कोड स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed