मौद्रिक नीतिलाई ३० बुँदमा समराइज गर्दै मनोज ज्ञवालीको प्रश्नः ‘हकप्रद’बारे चाहीँ किन चुप ?

काठमाडौं । बैंकर मनोज ज्ञवालीले मौद्रिक नीति हकप्रदबारे चुप बसेको बताएका छन् । नितिलाई ३० बुँदामा समराइज गर्दै उनले सबैका अपेक्षाहरू समेट्न खोजेको मौद्रिक नीति भनेका हुन् भने सबैको चासोको विषय हकप्रदबारे चुप रहेको बताएका हुन् । उनले यसरी सम्झे मौद्रिक नीतिः नेपाल राष्ट्र बैंकले आ.ब. 2078-79 को मौद्रिक नीति जारी गरेको छ। सरकार परिवर्तन संगै अली ढिलो गरि आएको मौद्रिक नितीले सकेसम्म सबैका अपेक्षाहरू समेट्न खोजेको आभास हुन्छ। मौद्रिक नितिका प्रमुख 30 बुदाहरु: 1.मुद्रास्फीति औसत 6.5 % भित्र सीमित राख्ने लक्ष्य संगै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिदै तरलता व्यबस्थापन। गत बर्षको लक्ष्य 7%। 2. विस्तृत मुद्राप्रदायको विस्तार 18% र निजी क्षेत्र को कर्जा विस्तार 19% प्रक्षेपण। 3.7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य यथावत। 4. नितीगत दरहरु: स्थायी तरलता सुविधा दर 5%, 3% अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात कम, ख र ग वर्गलाई 10%,8% र 7%, बैंकदर 5% तथावत। 5. राष्ट्रिय स्तरका विकास बैंक, फाइनान्स कम्पनी र थोक कारोबार गर्ने लघुवित्त ले समेत आफ्नो चुक्ता पुजीको 25% बराबर ऋणपत्र जारी गर्नुपर्ने । 6.रु 1 करोड सम्मका घरेलु मझौला तथा साना कर्जाहरु कुल कर्जाको 15% पुर्याउन पर्ने व्यबस्था यथावत। 7. 2 बर्ष सम्म निरन्तर नोक्सानीमा चलेका व्याबसायलाई प्रवाहित कर्जा लाई शुक्ष्म निगरानीमा राख्नुपर्ने … Continue reading मौद्रिक नीतिलाई ३० बुँदमा समराइज गर्दै मनोज ज्ञवालीको प्रश्नः ‘हकप्रद’बारे चाहीँ किन चुप ?