वाणिज्य बैंकहरूलाई ‘आस्वा स्टाइल’मा काम गर्ने गरी ब्रोकर लाइसेन्स दिन लगानीकर्ताको माग

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले वाणिज्य बैंकहरूलाई सीआस्वा मोडलमा ब्रोकरको लाइसेन्स दिनुपर्ने माग गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई उनको कार्यकक्षमा भेट्दै लगानीकर्ताहरूले हरेक शाखाले सीआस्वा कारोबार गरे झैं सेयर कारोबारको पनि सोही मोडलमा गर्न मिलने गरी ब्रोकर लाइसेन्स दिन सुझाव दिएका हुन् । पछिल्लो समय वाणिज्य बैंकहरूका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन हल्ला छ । त्यसो हुँदा सेयर कारोबार बैंकको शाखामार्फत् गर्न नमिल्ने गरी व्यवस्था गर्न लागिएको छ । तर, लगानीकर्ताहरूले सेयर कारोबारको पहुँच देशव्यापी बनाउने बैंकको शाखाले नै ब्रोकर सेवा दिनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री शर्मालाई सेयर लगानीकर्ता संघ नेपाल र नेपाल इन्भेस्टर्स फोरमका पदाधीकारीले सफल कार्यकालको शुभकामना दिँदै सेयर बजारको भलाइका लागि यस्तो व्यवस्था गर्न सुझाव दिएका हुन् । प्राथमिक बजार देशव्यापी भए जस्तै दोस्रो बजारका सेवालाई पनि देशव्यापी बनाउन यस्तो व्यवस्था गरिनुपर्ने उनीहरूको तर्क छ । बैंकहरूले दिने आस्वा सेवाका कारण देशैभरका शाखाबाट प्राथमिक बजारमा पहुँच पुगेको छ । यसरी नै देशैभरका शाखाबाट ब्रोकर सेवा दिनुपर्ने माग उनीहरूको छ । “पुँजीबजारको वृहत्तर विकासको लागी ७७ वटै जिल्लाका ७५३ स्थानीय निकायसम्म सर्वसाधारणले सहज रूपमा सेयर खरिद बिक्री गर्न पाउने संवैधानिक हक अधिकारलाई सुनिश्चितता गर्नका लागी आस्वा प्रणालिको ढाँचामा बाणिज्य बैंक वा बैंकका सहायक कम्पनीहरूका साथै निश्चित मापदण्ड पुरा गरेका प्राकृतिक व्यक्ति वा संस्थाहरू मार्फत समेत … Continue reading वाणिज्य बैंकहरूलाई ‘आस्वा स्टाइल’मा काम गर्ने गरी ब्रोकर लाइसेन्स दिन लगानीकर्ताको माग