काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले ९८ करोड बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर प्रतिकित्ता मूल्य ५० रुपैयाँको दरले १ करोड ९६ लाख कित्ता हुने आइपीओ जारी गर्ने भएको हो ।
आइपीओ निष्कासनको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरे ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल बीच आज शेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।
कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानी मूलक हो । यस कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा यसै आवमा ३ विगाह जमिन समेत खरिद गरेको छ ।
कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।
यस कम्पनीले क्ष्एइ निष्काशन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी ६ र आइपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पूँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्