१० हजार टार्गेट भन्दै कस्ले खेलिरहेको छ विशाल बजारको सेयरमा ?
काठमाडौं । नेपाली सेयर बजारमा व्यक्तिहरुको रजगज निरन्तर कायम नै रहेको छ । नियामकीय कारबाही परेका तथा कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमा उछाल दिनदिनै र सोझा लगानीकर्ता बल्छीदाउमा पर्ने चलनको अन्त्य हुन सकेको छैन । धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएर आएपछि यो समस्याले झनै बिकराल रुप लिएको हो । श्रेष्ठ बोर्डमा नियुक्त भएर आएपछि बजारमा नियामकीय कारबाही परेका तथा लगातार घाटामा रहेका कम्पनीहरु विशाल बजार कम्पनी लिमिटेड, कार्णली डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, इन्फिनिटी माइक्रोफाइनान्स जस्ता कम्पनीहरुको सेयर दिनैदिन सर्किट लाग्ने वा सर्किट लेवलमा पुग्ने गरेको छ । त्यसैमध्ये उच्च बेथितिमा रहेको बिगत ३ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा नगरेको, कुनैपनि वित्तीय रिर्पोट सार्वजनिक नभएको, पटक-पटक नियामकीय कारबाहीमा परेको तथा सन २०२१ को रिर्पोट अनुसार इपीएस जम्मा ३ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य भने ६ हजारको हाराहारीमा रहेको छ । साथै यो कम्पनीको सेयरमा निरन्तर सर्किट लाग्ने क्रम भने जारीनै रहेको छ । यसरी भैरहेको छ बीबीसीको सेयरमा चलखेल विशाल बजार कम्पनी लिमिटेडको सेयर खरिद-बिक्रीको प्याट्रन हेर्दा यसको बहुंसख्यक सेयरको कारोबार २८, ४१ र ४३ नम्बर ब्रोकरबाट भैरहेको पाइन्छ । यसबाट यो शंका उत्पन्न हुन्छ की केहि निहित स्वार्थ समुहले त कतै सेयरको मूल्य रकेटको गतिमा कुदाइ रहेका छैनन् ? नेपाल सरकारको बहुसंख्यक सेयर रहेको यो कम्पनीमा … Continue reading १० हजार टार्गेट भन्दै कस्ले खेलिरहेको छ विशाल बजारको सेयरमा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed