Shikhar Insurance
National Life

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय व्यवस्थापनमा कस्ता कदम चाल्दै छ राष्ट्र बैंक ?

रोशनी तामाङ
२०८१ मंसिर १४, शुक्रबार १४:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकको थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।

गत साउन ६ गतेदेखि साउन ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदअनुसार उक्त बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा नियामकीय प्रावधानबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा ४०.८५ प्रतिशत कायम हुने लगायत कारणले कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी डा डिल्लीराम पोखरेलले सिंहदरबार डटकमसँग भने, ‘कर्णाली बैंकको निष्क्रिय कर्जा ४०.८५ प्रतिशत रहेकोले बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाएको थियो । हामीले बैंकलाई ६ महिनाको अवधि तोकेका छौँ ।’

‘बैंकको विभिन्न इन्डिकेटर्सहरु, खराव कर्जाहरू विग्रेको भन्ने छ । त्यसलाई सुधार गर्न समय दिने र सो तोकिएको समयावधिभित्र बैंकको व्यवस्थापनले सुधार गर्छ या गर्दैन त्यो पनि राष्ट्र बैंकले नियालिरहेको हुन्छ’ उनले भने ।

राष्ट्र बैंकले तोकेको समयभित्र बैंकको वित्तीय व्यवस्थापनले सुधार गर्‍याे भने क्रमश: सुधार हुने यदि सुधार भएन भने राष्ट्र बैंकको ‘शीघ्र सुधारात्मक कारवाही विनियमावली’ मा उल्लेखित ऐन बमोजिम कारवाही प्रकृया अगाडि बढाउँने उनले बताए ।

‘बैंकको अवस्था सुधार हुँदै गयो भने अहिले रोक लगाएको कुराहरु पनि खुकुलो हुँदै जान्छ । खुल्ला हुँदै जान्छ । सुधार प्रकृया अगाडि बढ्दै जान्छ । बैंकका नयाँ शाखाहरु पनि खुल्दै जान्छ’ उनले भने, ‘तर तोकिएको समयभित्र बैंकको संरचना, खराव कर्जाहरुमा सुधार आएन भने पुन: कारवाही अगाडि बढ्छ ।’

राष्ट्र बैंकको कारवाहीमा परेकै भोलिपल्ट नै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा तहल्का मच्चिएको थियो । कम्पनीको सेयरमा सकरात्मक सर्किट नै लागेको थियो ।

कर्णाली डेभलपमेन्ट बैंकप्रति पब्लिक तथा सेयर किनबेच गर्ने सेयरधनीहरुको विश्वासले कर्णाली बैंक कारवाहीमा परेपनि सेयर कारोबारमा सकरात्मक प्रभाव देखिएको हुन सक्ने पोखरेल बताउँछन् ।

उनले भने, ‘कारवाहीमा पर्ने वित्तीकै नकरात्मक नै हुनुपर्छ भन्ने भएन । बैंकको अवस्था सुधार हुन्छ भन्ने पब्लिकले सोच्नु भयो होला । त्यसैले, बैंकको सेयरमा सकरात्मक प्रभाव देखिएको हुन सक्छ ।’

कारवाहीमा परेकै भोलीपल्ट कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । बैंकको २ लाख ९५ हजार ४ सय ३१ कित्ता सेयर किनबेच हुँदा २० करोड १३ लाख ३८ हजार ३ सय ३० रुपैयाँ कारोबार भएको थियो ।

कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को व्यवस्थामा आधारित भएर कारवाही गरेको हो ।

यो व्यवस्था अनुसार तोकिएको न्यूनतम पुँजीकोषको अनुपात पूरा नगरेका बैंक तथा वित्तीय संस्थालाई यस्तो कारबाही गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ ।

यसअनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपातभन्दा २५ प्रतिशतसम्म कम अनुपात कायम भएमा नगद लाभांश तथा बोनस शेयर घोषणामा रोक लगाउने, नयाँ शाखा खोल्न रोक लगाउने, सम्बन्धित संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारीको तलबभत्ता वृद्धिमा रोक लगाउनसक्ने व्यवस्था छ ।

त्यस्तै, २५ देखि ५० प्रतिशतसम्म पुँजीकोष पूरा नभएमा निक्षेप तथा कर्जा परिचालनमा सीमा कायम गर्ने, नयाँ व्यवसायिक क्रियाकलाप गर्न रोक लगाउने, स्थिर सम्पत्ति खरिद गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, कर्मचारीलाई प्रोत्साहन भत्ता लगायत भत्ता वृद्धि गर्न रोक लगाउने जस्ता कारबाही गर्न सक्ने राष्ट्र बैंकको विनियमावलीमा उल्लेख गरिएको छ ।

त्यस्तै, ५० देखि ७५ प्रतिशतसम्म कम पुँजीकोष भएका कम्पनीहरूको हकमा निक्षेप सङ्कलन गर्न, कर्जा प्रवाह गर्न, नयाँ कर्मचारी भर्ना तथा बढुवा गर्ने तथा ६ महिनाभित्र अवस्था सुधार नभएमा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गर्ने व्यवस्था गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्