काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गर्न पुष १२ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ०.२६३२ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश र ५ प्रतिशतले हुन आउँने बोनस सेयर गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरण गर्न अम्रपाली व्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा सभा बस्ने निर्णय गरेकोे हो ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०र८१ को बाह्रौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
सभामा आव २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्म्को वासलात, नाफा, नोक्सान हिसाव विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बद्ध अनुसूची समेत छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्